सन् २०१९ मा जापानमा हुने रग्बी विश्वकपको ट्रफी नेपालमा ल्याइने

छहारी संवाददाता
चैत्र २५, २०७४

सन् २०१९ मा जापानमा हुने रग्बी विश्वकपको ट्रफी नेपालमा ल्याइने भएको छ ।

रग्बी विश्वकपको ट्रफी दक्षिण एसियाको भारत, पाकिस्तान र नेपाल लगायत २० राष्ट्रमा पुग्नेछ । नेपाल विश्वकपको ट्रफी सन् २०१८ को डिसेम्बरमा आइपुग्नेछ । आगामी रग्बी विश्वकप सन् २०१९ को सेप्टेम्बर २० देखि जापानमा हुँदैछ ।

उक्त विश्वकपमा २० राष्ट्र छनोट भइसकेका छन् । रग्बी विश्वकपलाई समर ओलम्पिक र विश्वकप फुटबल पश्चात विश्व खेलकुदको तेस्रो खेल मेलाको रूपमा चिनिने गरिन्छ । टोकियो स्टेडियममा हुने विश्वकपको उद्घाटन जापानको कुल १२ स्टेडियममा खेलाइनेछन् ।

नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङले रग्बी विश्वकप जापानको आयोजक कमिटीका सिइओ आकिरा सिमाजुसँग विश्वकप ट्रफी नेपालमा ल्याइने बारे छलफल सम्पन्न जानकारी दिए । छलफलमा नेपालको वर्तमान रग्बी खेलको अवस्थाबारे समेत कुराकानी भएको थियो ।

पछिल्लो समय रग्बीको माध्यमबाट अन्तर्राष्ट्रि स्तरमा  नेपालको सहभागिता बारे आफू पूर्णरूपमा जानकार रहेको सिइओ आकिराले बताए । साथै आफूहरु रग्बी खेलमा नेपाललाई हरेक किसिको सहयोग गर्न तत्पर रहेको आकिराले विश्वास व्यक्त गरेको संघका अध्यक्ष घिसिङले जानकारी दिए । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*