नेपाल र भारतबीच १२ बुँदे सम्झौता, जलमार्ग, रेलमार्ग लगायत ओलीका के के कुरा, हुने भो पुरा ?
नेपाल र भारतबीच १२ बुँदे सम्झौताको सहितको संयुक्त वक्तव्य जारी भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको क्रममा आज वक्तव्य जारी भएको हो । वक्तव्यमा तीन नयाँ समझदारी उल्लेख छ । जसमा जलमार्गबाट नेपाललाई जोड्ने, रक्सौलदेखि काठमाडौंसम्म रेलमार्ग विस्तार गर्ने र कृषि क्षेत्रमा सहकार्य गर्ने विषय उल्लेख छ ।
नेपाल र भारतका प्रधानमन्त्रीले वक्तव्य मार्फत दुई देशबीचको सम्बन्धलाई समानता, आपसी विश्वास, लाभ र सम्मानका आधारमा नयाँ उचाइमा पु¥याउने प्रतिवद्धता व्यक्त गर्दै बहुआयामिक नेपाल–भारत सम्बन्धका सबै पक्षमा समीक्षा गर्नुका साथै दुई देशका सरकार, निजी क्षेत्र र जनस्तरमा झाङ्गिएको साझेदारीको स्वागत गरेका छन् ।
उनिहरुले भारतको मोतीहारी–अमलेखगञ्ज सीमापार पेट्रोलियम पदार्थ पाइपलाइन बिछ्याउने परियोजना कार्यारम्भको ‘भिडियो’ सम्मेलन मार्फत अवलोकन समेत गरेका छन् ।