मदन भण्डारी स्पोर्टस एकेडेमी र पाको नेपाल केक्युसिन करातेको झण्डा सगरमाथामा फहराइने

छहारी संवाददाता
चैत्र २२, २०७४

मदन भण्डारी स्पोर्टस एकेडेमी र पाको नेपाल केक्युसिन करातेको झण्डा सगरमाथाको शिखरमा लगिने भएको छ ।

पाको नेपाल केक्युसिन कराते संघकी अध्यक्ष सञ्जु महर्जनको पहलमा दुवै संस्थाको झण्डा सगरमाथामा फहराउन लागिएको हो ।

 १४ औं पटक सगरमाथा अरोहण गर्न लागेका लाक्पा दोर्जे शेर्पाले पाको नेपाल केक्युसिन कराते संघ र मदन भण्डारी स्पोर्टस एकेडेमीको झण्डा सगरमाथा लग्न लागेका हुन् ।

बुधबार खेलकुद मन्त्री जगत विश्वकर्मा, एकेडेमीका अध्यक्ष बिनोद श्रेष्ठ लगायतले शेर्पालाई झण्डा हस्तान्तरण गरी बिदाई गरे ।

खेलकुदमन्त्री विश्वकर्मा, खेलकुद सचिव महेश दाहाल, सहसचिव रामप्रसाद थपलिया, दुई संस्थाका अध्यक्ष लगायतले झण्डामा हस्ताक्षर गरेका थिउ ।

कार्यक्रममा आरोही शेर्पालाई पाको नेपाल केक्युसिन करातेले मानार्थ ब्ल्याकबेल्ट प्रदान गरेको थियो । शेर्पा संघका बोर्ड सदस्यसमेत हुन् ।
उनी शुक्रबार सगरमाथा आरोहणका लागि नाम्चे प्रस्थान गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*