देशका विभिन्न स्थानमा हावाहुरी संगै हल्का बर्षा, साँझ र बिहान अझै दुई दिनसम्म बर्षा हुने
सोमवारदेखि देशका विभिन्न स्थानमा हावाहुरी संगै हल्का बर्षा भईरहेको छ ।
प्रि मनसुन सक्रिय भएकाले देशका पहाडी क्षेत्रमा बर्षा भएको मौसमविद् बरुण पौडेल बताएका छन् ।
सक्रिय भएको मौसमका कारण देशका धेरै ठाउँमा बुधवार दिउँसो हावनहुरी ताथ राती अलि बढी वर्षा भएको मौसमविद् पौडेलले बताए, – प्रिमनसुनका कारण हावाहुरी आउने, भारी बर्षा हुने, चट्याङ पर्ने र असिना बर्षा हुने गर्दछन् ।
भारतबाट न्युन चापीय रेखा नेपालतिर सरेको र पश्चिमी वायुको असर देखिएको छ । केही दिनेदेखि शुरु भएको बर्षा अझै दुई दिनसम्म रहने मौसमविद् पौडेलको भनाई छ । साँझ तथा बिहान बर्षा हुने मौसमविद् पौडेलले बताए । वर्षा सगै अब गर्मी केही बढ्ने उनको अनुमान छ ।