महिला सुरक्षित छन् कहाँ ? उपचार गराउन गएकी किशोरीलाई यौन दुर्व्यवहार
स्वास्थ्य जाँच गर्न पुगेकी एक किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा गुन्सी स्वास्थ्य चौकीका अहेव पक्राउ परेका छन् ।
पीडित पक्षले जिल्ला प्रहरी कार्यालय रामेछापमा जबरजस्ती करणी उद्योग विरुद्ध उजुरी दर्ता गराएपछि स्वास्थ्य चौकीमा कार्यरत अहेव ३६ बवर्षका राकेश दासलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सुनापती गाउँपालिका वेथानकी १७ वर्षिय एक युवतीलाई अहेव दासले यौन दुव्र्यवहार गरेको भन्दै प्रहरीमा लिखित उजुरी दर्ता गराएकोले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
प्रहरीका अनुसार गत चैत्र १२ गते एसइई परीक्षा दिन गुन्सी परीक्षा केन्द्रमा गएकी वेथानकी ती किशोरी बिरामी भएपछि उपचारको लागि स्वास्थ्य चौकीमा पुगेकी थिइन ।