यूट्यूबको मुख्यालयमा गोली चलाउने महिलाको मृत्यु
अमेरिकाको उत्तरी क्यालिफोर्नियामा रहेको यूट्यूबको मुख्यालयमा गोली चलाउने महिलाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । गोली चल्दा तीनजना घाइते भएका छन् ।
यूट्यूबको मुख्यालयमा एक महिला बन्दुकधारीले गोली चलाएको बीबीसीले जनाएको छ ।
आक्रमण गर्ने महिलाले आफैलाई गोली हानेर आत्महत्या गरेकीहुन् ।
गोली लागेर घाइते भएका एक युवक र दुई महिलाको उपचार भैरहेको छ ।
घाइते भएका ३६ वर्षीय युवकको अवस्था भने गम्भीर रहेको बताइएको छ। घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।