प्रतिनिधिसभा संसदमा प्रधानमन्त्री ओलीले ‘विशेष’ सम्बोधन गर्दै
प्रतिनिधिसभाको संसद बैठक आज दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।
आफ्नो आसन्न भारत भ्रमण र सार्वजनिक महत्वका विषयमा संसदलाई जानकारी गराउन प्रधानमन्त्रीले संबोधन गर्न लागेको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिजालले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले पहिलो विदेश भ्रमणका रूपमा आगामी चैत २३ देखि भारतको तीनदिने राजकीय भ्रमण गर्दैछन् ।
आजको बैठकमा यसअघि संसद बैठकमा पेश भएको राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश र राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशको विषयमा समेत छलफल हुने संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराइले जानकारी दिए ।
दुवै प्रस्तावमा छलफल सकिएसँगै संघीय संसद्को दुवै सदनमा विजनेस सकिएकाले कुनै काम नभएको भनी सरकारलाई जानकारी गराइसकेको छ ।
यस्तै, आजै राष्ट्रिय सभाको बैठक पनि बस्दै छ । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो ४ बजे बैठक बस्न लागेको संसद सचिवालयले जनाएको छ ।