चिनियाँ अन्तरिक्ष यानले पृथ्वीमा पुर्याउने क्षति टर्यो, यानका अवशेष धर्तीमा नभइ प्रशान्त महासागरमा खस्यो

छहारी संवाददाता
चैत्र १९, २०७४

चिनियाँ अन्तरिक्ष यानको अवशेष प्रशान्त महासागरमा खसेको छ । ‘दि तियांगोङ्ग–१’ नामको उक्त यान सन् २०११ मा अन्तरिक्षमा पठाइएको थियो ।
आफ्ना मिशन पुरा गरी सम्पर्क बिच्छेद भएको उक्त यान ग्रीनविच समयअनुसार बिहान ८ः१६ मा वायुमण्डलमा प्रवेश गरेको थियो । वायुमण्डलमा प्रवेश गर्नासाथ सो अन्तरिक्ष यानको अधिकांश भाग जलेर नष्ट भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
अन्तरिक्ष यानको केही टुक्रा भने प्रशान्त महासागरमा खसेको अधिकारीहरुको भनाई छ । विश्वका ३८ सहर यो यान खस्न सक्ने जोखिममा रहेको मानिएको थियो ।  
अन्तरिक्ष यानको अवशेष कहाँ खस्ने हो र कस्तो क्षति निम्त्याउछ भन्नेबारे केही दिनदेखि विश्वका वैज्ञानिकहरु चिन्तित थिए ।
तर चीनले दावी गरेझैं वायुमण्डलमा प्रवेश गर्नासाथ यसका अधिकांश हिस्सा जलेर नष्ट भएको तथा केही टुक्रा समुद्री क्षेत्रमा खसेको बताइएको छ ।
९एजेन्सी०

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*