भारत भ्रमणको तयारीमा रहेका प्रधानमन्त्री ओली आन्तरिक छलफलमा व्यस्त
यही चैत २३ गते भारत भ्रमणमा जाने तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आन्तरिक छलफलमा व्यस्त छन् ।
प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक भारतको भ्रमण गर्न लागेका प्रधानमन्त्री ओलीले भ्रमणका एजेन्डा, भारतमा रहदा हुने छलफल, भ्रमण दलमा सहभागी सदस्यलगायतका विषयमा तयारी गर्न आन्तरिक छलफललाई तिब्रता दिएको उनको निजी सचिवालयले जानकारी दिएको छ ।
सरकारी स्रोतका अनुसार भ्रमणमा कुनै नयाँ सन्धि सम्झौता हुने छैन । भारतसँगको नेपालको सम्बन्धलाई अझ सुदृढ र सुमधुर बनाउन तथा पारस्परिक सम्बन्धका नयाँ आयाम एवं क्षेत्र पहिल्याउन भ्रमण केन्द्रित रहने छ ।