मदन भण्डारी गोल्डकपको उपाधिका लागि थ्री स्टार र मनाङ मस्र्याङ्दी भिड्दै
तेस्रो मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि थ्री स्टार र मनाङ मस्र्याङ्दी बीच प्रतिष्पर्धा हुँदैछ ।
खेल रामनगरमा रहेको मानव ज्ञान माध्यमिक विद्यालयको खेल मैदानमा दिउँसो २ बजे सुरु हुने छ । यद्यपी फाइनल खेल १ दिनको ग्याप हुनुपर्ने फिफाको नियम भएकाले यो फाइनल खेल नियम विपरित भएको भन्दै थ्री स्टारका प्रशिक्षक मेघराज केसीले असन्तुष्टि जनाएका छन् ।
आयोजक मदन भण्डारी स्पोर्ट्स ऐकेडेमीलाई हराउँदै थ्री स्टार र सुनौली संगम बुटवललाई हराउँदै मनाङ मर्स्याङ्दी खेलको फाइनलमा प्रवेश गरेका थिए ।
शुक्रबार पूर्व निर्धारीत खेल हावा हुरीका कारण स्थगित भएपछि आइतबार सेमिफाइनल खेल भएको थियो । खेलको बिजेताले उपाधिसहित नगद १५ लाख र उपबिजेताले नगद ७ लाख ५० हजार प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सेमिफाइनमा पुग्ने २ टिमलाई ५० – ५० हजार नगद प्रदान गरिने छ ।