प्रतिनिधिसभा बैठक आज बस्दै, भारत जानु अघि प्रधानमन्त्रीले सभालाई सम्बोधन गर्ने
प्रतिनिधिसभा बैठक आज बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा दुई अध्यादेश स्वीकृत गर्नेगरी तयारी गरिएको छ ।
यद्यपि कार्यव्यवस्था परामर्श समितिले औपचारिक रुपमा कार्यसूचीलाई अन्तिम रुप दिएको छैन । सोमबार राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश र चिकिस्ता शिक्षा अध्यादेशलाई स्वीकृत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
दुबै विधेयक चैत १५ गते बस्को बैठकमा पेश भएका थिए । संसद् अधिवेशन जारी नरहेको बेलामा दुबै विधेयक जारी भएका थिए । अध्यादेश स्वीकृत हुने चरणमा पुगे पनि प्रतिस्थापन विधेयक भने दर्ता भएका छैनन् ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभालाई सम्बोधन
चैत २३ गतेदेखि हुन लागेको आसन्न भारत भ्रमणअघि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन्। सम्बोधनको जनाउ संसद् सचिवालयलाई दिए पनि समय भने तय भइसकेको छैन।
सम्बोधनको मिति यकिन नभए पनि अधिवेशन अन्त्य अघि सम्बोधनको तयारी गरिएको छ । विचाराधीन अध्यादेश स्वीकृतपछि संसदलाई विजनेश छैन। विजनेश नभएपछि अधिवेशन अन्त्यको तयारी गरिएको छ।
पहिलोपोस्टबाट साभार