खुमबहादुरको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि भोली बिहान ९ बजेदेखि काँग्रेस केन्द्रीय कार्यालयमा राखिने
नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काको पार्थिव शरीर आज राति काठमाडौं ल्याइदैछ ।
खड्काको पार्थिव शरीर नयाँदिल्लीबाट राति १०ः३० मा काठमाडौं आइपुग्ने छ ।
अन्तिम श्रद्धाञ्जलिका लागि आइतबार बिहान ९ देखि दिउँसो १ बजेसम्म सानेपास्थित काँग्रेस केन्द्रीय कार्यालयमा राखिने छ ।
त्यसपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने बताइएको छ ।
६७ वर्षीय खड्काको शुक्रबार साँझ भारतको एपोलो अस्पतालमा उपचारका क्रममा निधन भएका हो ।
खड्का मिर्गौला र छातीको संक्रमणबाट केही वर्षदेखि पीडित थिए ।