सिंहदरबारका अधिकार गाउँमा पुगेको जनताले अनुभुति गर्ने गरी काम गर्नस्ः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारका अधिकार गाउँमा पुगेको जनताले अनुभुति गर्ने गरी काम गर्न स्थानीय तहका जनप्रतिनिधिलाई निर्देशन दिएका छन् ।
गाउँपालिका राष्ट्रिय महासंघ नेपालको राष्ट्रिय महाधिवेशनको शनिबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने – राजनीतिक नेतृत्वले सिंहदरबारका अधिकार गाउँमा पुगे भने पनि जनताले त्यो कुरा महसुस गरे कि गरेनन् भन्ने कुरा महत्वपूर्ण हो ।
यसपटक सरकारका अधिकारको बाँडफाँडको नयाँ अभ्यास गरेको भन्दै प्रधानमन्त्री ओलीले यसलाई सफल बनाएर जनतालाई संघीयताको सकारात्मक सन्देश दिनुपर्ने बताए । ‘
स्थानीय तह सफल भए मात्र देश सफल हुने भन्दै उनले स्थानीय तहमा युवा र महिला जनप्रतिनिधीको संख्या उल्लेख्य भएकोले धेरै काम हुनेमा आशावादी रहेको बताए ।
प्रधानमन्त्री ओलीले स्थानीय तहका जनप्रतिनिधिलाई भ्रष्टाचारबाट टाढै रहन समेत निर्देशन दिएका छन् ।