प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग २४ गते भेटवार्ता गर्ने
परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको तालिका आज सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको राजकीय भारत भ्रमण आगामी चैत्र २३ देखि २५ गतेसम्म हुनेछ ।
प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग २४ गते भेटवार्ता गर्ने कार्यक्रकम छ । प्रधानमन्त्रीले भारतलार्इ पहिलो विदेश भ्रमणका रूपमा रोजेका हुन् ।
प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा विकास साझेदारीबारे छलफल हुने बताइएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री भएपछि ओलीलार्इ लगातार दुर्इपटक टेलिफोन गरेर तथा तीन पटक पत्र पठाएर भारत भ्रमणका लागि आग्रह गरेका थिए ।
ओलीले पहिलोपटक प्रधानमन्त्री भएका वेला पनि भारत भ्रमण गरेका थिए । उनले फागुन ७ देखि भारत भ्रमण गरेका थिए ।