३ नम्बर प्रदेशको स्थायी राजधानी काभ्रे हुनु पर्ने लिखित प्रस्ताव दर्ता

छहारी संवाददाता
चैत्र १५, २०७४

३ नम्बर प्रदेशको राजधानी हेटौँडाबाट काभ्रे सार्नुपर्ने भन्दै ३ जना सांसदहरुले लिखित प्रस्ताव दर्ता गरेका छन् ।
आज प्रदेशसभा सचिवालय हेटौँडामा ३ जना सांसदले लिखित प्रस्ताव दर्ता गरेका हुन् ।
सांसदहरु बसुन्धरा हुँमागाई, चन्द्रबहादुर लामा र  लक्ष्मण लम्साले काभ्रेलाई प्रदेश नम्बर ३ को स्थायी राजधानी बनाउनुपर्ने भन्दै प्रस्ताव दर्ता गराएका हुन् ।
यसअघि भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितले विभिन्न सार्वजनिक कार्यक्रमहरुमा हेटौडाबाट राजधानी सार्नु पर्छ भन्दै आएका थिए ।
मन्त्री स्थापित र सांसद राजेन्द्र पाण्डेले राजधानी अन्तै सार्ने प्रस्ताव प्रदेशसभा सचिवालयमा पेश गर्नेछन् भन्ने धेरैको अनुमान फेल खाएको छ । उनीहरुभन्दा अगाडि नै ३ सांसदहरुले उक्त प्रस्ताव दर्ता गराएका छन् ।
काभ्रेको आइटी पार्कमा राजधानीको संरचना निर्माण गर्न सकिने उनीहरुको दाबी छ । उनीहरुले नेपालको संविधान २८८ को धारा २ मा आधारित रहेर प्रस्ताव दर्ता गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*