पार्टी एकताका लागि गठित कार्यदलसहित शीर्ष तहको बैठक केहिबेरमा बस्दै

छहारी संवाददाता
चैत्र १४, २०७४

नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकताका लागि गठित कार्यदलसहित शीर्ष तहको बैठक आज बस्ने भएको छ ।

कार्यदलस्तरमा सहमति भएका बिषयलाई अन्तिम रुप दिन दिउँसो १ बजे शीर्ष बैठक बोलाइएको एमाले नेता एवं राजनितिक कार्यदल सदस्य सुवास नेम्वाङले जानकारी दिनुभयो ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली भारत भ्रमणमा जानु अघि नै २ पार्टीबीचको एकता प्रक्रिया टुंग्याउने गरी दुबै पार्टीले गृहकार्य अघि बढाएका छन् ।

तर, एकता सम्बन्धी प्रतिवेदनलाई अन्तिम चरणमा पुर्याएको कार्यदलले एकीकृत पार्टीका विभिन्न तहको संख्यामा भने सहमति जुटाउन सकेको छैन ।

संख्याको बारेमा सहमति जुट्न बाँकी रहेको र आजको बैठकले कति संख्या राख्ने भन्ने टुंगो लगाउने नेता नेम्वाङले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*