मन्त्रिपरिषद् बैठक आज बस्दै

छहारी संवाददाता
चैत्र १४, २०७४

मन्त्रिपरिषद् बैठक आज बस्ने भएको । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो ४ बजे बस्नेगरि बैठक बोलाइएको छ ।

आजको बैठकमा विभिन्न मन्त्रालयगत संरचना कस्तो हुने भन्नेबारेमा तयार गरिएको प्रतिबेदनमाथि छलफल हुने कार्यसूची रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

त्यस्तै बैठकमा गृहमन्त्रालयले तयार गरको २२ वटा सार्वजनिक बिदा कटौती प्रस्तावमाथि छलफल गरि स्वीकृत गर्ने तयारी भएको छ ।

मन्त्रिपरिषदले सो प्रस्ताव स्वीकृत गरेमा सरकारले हाल दिदै आएको २२ वटा सार्वजनिक कटौती हुने छन् । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली चैत तेस्रो साता हुने भारत भ्रमणलगायत विभिन्न मन्त्रालयगत एजेन्डामाथि छलफल जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*