निर्वाचनका बेला ४ नम्बर क्षेत्रमा गरेका सबै प्रतिबद्दता पूरा गर्छुः बानियाँ
नेपाली काँग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले आफूले निर्वाचनको बेला ४ नम्बर क्षेत्रमा गरेका सबै प्रतिबद्धता पूरा गर्ने बताएका छन् ।
नेपाली काँग्रेस राक्सीराङ गाउँपालिका स्तरीय क्रियाशिल तथा अगुवा कार्यकर्ता भेलामा मंगलबार बानियाँले ४ नम्बर क्षेत्र विकासबाट अत्यन्तै पिछडिएको भन्दै सबै प्रतिबद्धताहरु पूरा हुनेमा विस्वस्त रहन आग्रह गरे । उनले निर्वाचनमा अमूल्य मत दिएर विजयी गराएकोमा मतदातालाई धन्यवाद समेत दिए ।
अन्य पार्टी र नेताले जस्तो बोल्ने मात्र नभै कामहरु गरेर देखाउने बानियाँको भनाई थियो । उनले अहिले पनि आफूले व्यक्तिगत खर्चमा करोडौंको कामहरु धमाधम गरिरहेको बताउँदै ५ वर्षभित्रमा धेरै काम गर्ने प्रतिबद्दता व्यक्त गरे ।
काँग्रेस मकवानपुरका ४ नम्बर क्षेत्रीय सभापति लोक मुक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमूख अतिथि बानियाँ, विशिष्ठ अतिथि सांसद सन्तबहादुर चेपाङ, अतिथिहरु निर्वतमान सभापति रघुरमण न्यौपाने, पार्टी सचिव बुद्ध लामा, सल्लाहकार भरत पराजुली, जिल्ला सदस्य ईश्वर रुम्बा, रामकृष्ण प्रजा, भीमसेन महत, जिल्ला सदस्य एवं राक्सीराङ गाउँपालिका प्रमूख राजकुमार मल्ल, उपप्रमूख निर्मला हिमडुङ, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, शंकर न्यौपाने, चित्रबहादुर थापा लगायतले बोलेका थिए ।
भेलामा जिल्ला सदस्य रत्नबहादुर गोले, साविक गाविस सभापतिहरु विरेन्द्र जिम्बा, सुमन नगरकोटी, जितेन चेपाङ, जयबहादुर तितुङ, कुलबहादुर प्रजा, कान्छाराम रुम्बा, प्रेस युनियन मकवानपुरका सहसचिव सुजन विडारी, नेविसंघ जिल्ला सदस्य कविता बर्तौला सन्तोष थापामगर, विकाश ब्लोन लगायतको उपस्तिथि थियो ।