फेसबुक नियमनको लागि कानुन बन्नु पर्छः सांसद बिडारी

छहारी संवाददाता
चैत्र १३, २०७४

राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीले फेसबुक नियमनको लागि कानुन बन्नुपर्ने माग गरेका छन् । राष्ट्रिय सभाको आज बसेको बैठकमा बोल्दै सांसद बिडारीले सामाजिक सञ्जालहरुको नियमन गर्ने कानुन नबने देशलाई नोक्सान पुग्ने भन्दै चिन्ता व्यक्त गरे ।
वर्तमान समयमा फेसबुक एकाउन्ट नहुने मान्छे नभएको भन्दै उनले सबैले जथाभावी ट्वीटर, ह्वाट्स एप जस्ता सामाजिक सञ्जालको प्रयोग गरेको बताए । त्यसको लागि नियमन गर्ने कानुन भएन भने देशलाई नोक्सान पुग्ने उनको दाबी छ ।
केही दिन यता संसदमा मकवानपुरे नेताहरु कडा रुपमा प्रस्तुत भइरहेका छन् । यस अघि प्रतिनिधिसभा सदस्य विरोध खतिवडाले संसदमा विदेशमन्त्रीको भ्रमणको कुरा उठाएर कडा भाषण दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*