करारमा जनशक्ति व्यवस्थापन सम्बन्धी कार्यविधि स्वीकृत
स्थानीय तहमा करारमा जनशक्ति व्यवस्थापन सम्बन्धी कार्यविधि २०७४ (नमूना कार्यविधि)स्वीकृत भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नमूना कार्यविधि स्वीकृत गरेको हो ।
अब स्थानीय तह आफैंले करारमा जनशक्ति नियुक्त गर्न सक्नेछन् ।
जसबाट कर्मचारी अभावका कारण दैनिक कार्य सञ्चालनमा समस्या झेलिरहेका स्थानीय तहलाई केही सहज हुने देखिएको छ ।
नमूना कार्यविधिले स्थानीय तहलाई आवश्यक पर्ने इन्जिनियरिङ, कृषि, पशु, वन, स्वास्थ्य सेवासँग सम्बन्धित जनशक्ति करारमा लिन सक्ने व्यवस्था गरेको छ । संगठनको दरबन्दी अनुसार जनशक्ति करारमा लिँदा अपनाउनुपर्ने विधि उक्त कार्यविधिमा उल्लेख छ ।
सम्बन्धित स्थानीय तहहरूले कार्यविधिलाई आफ्नो आवश्यकता अनुसार कार्यपालिका बैठकबाट निर्णय गरी लागू गराउन सक्ने मन्त्रालयले जनाएको छ ।