पूर्वी पृतना मुख्यालय इटहरीमा कार्यरत दुई नेपाली सेनाको शंकास्पद मृत्यु

छहारी संवाददाता
चैत्र १३, २०७४

नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीमा कार्यरत दुई नेपाली सेनाको शंकास्पद मृत्यु भएको छ ।
पृतनामा रहेको पोखरीमा राति अचेत अवस्थामा फेला परेका उनीहरुलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको पूर्वी पृतना इटहरीले जानकारी दिएको छ ।
मृत्यु हुनेमा दोलखबहादुर चन्द र भरत विक रहेको बताइए पनि पूर्वी पृतनाले भने अहिलेसम्म नाम खुलाएको छैन ।
उनीहरुको मृत्युको कारण खुल्न सकेको छैन । पृतनामा रहेको पोखरीमा उनीहरु किन गए र मृत्युको कारण के हो अध्ययन अनुसन्धान भइरहेको पूर्वी पृतना इटहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*