कसले गर्यो अध्यागमनका ३१ कर्मचारीको सरुवा ?

छहारी संवाददाता
चैत्र १३, २०७४

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार अध्यागमनका ३१ कर्मचारीको सरुवा गरेको छ ।
लामो समयदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा ‘अड्डा’ जमाएर बसेका ‘डन’ कर्मचारीहरूको सरुवा गर्न उनै निडर र प्रभावशाली मन्त्री लालबाबु पण्डित अघि सरेका हुन् ।

सामान्य प्रशासन मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न पहुँचका आधारमा लामो समयदेखि अध्यागमनलाई कब्जा गरेर बसेका उनीहरूलाई सरुवा गरे लगत्तै विभिन्न स्थानीय निकायहरुमा खटाएर पठाएको छ ।
सरुवा हुनेहरुमा गंगालाल जोशी, चुँडामणि केसी, चुँडामणि चापागाई, अर्जुन पौडेल, बसन्तबहादुर खत्री, प्रवीण कोइराला, सुनीलकुमार अधिकारी, दीपकमणि पोख्रेल, माधवप्रसाद अधिकारी, भोजराज ऐडी, दिल्लीराम भट्टराई लगायतका ३१ जना छन् ।
सरुवा हुनेमा प्रमुख प्रशासकीय अधिकृत, शाखा अधिकृतसम्मका कर्मचारी रहेको मन्त्रालयले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*