पदमपोखरीको सिक्रेनी सडकखण्डमा धमाधम स्ल्याब हुँदै
मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ सिक्रेनी सडक खण्डको सिक्रेनी ओरालोदेखि बराल टोल जाने बाटोसम्म सडक स्ल्याबको काम सुरु भएको छ ।
एक साता अघि हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले स्ल्याबको उद्घाटन गरेका थिए । त्यसको लगत्तै करिब ३ सय मिटर सडकमा स्ल्याब गरिसकिएको हेटौँडा १२ का वडाअध्यक्ष ललित घलानले जानकारी दिए ।
जम्मा ६ सय १७ मिटर लम्बाईको स्ल्याब ६ मिटर चौडाई र ७ ईन्च मोटाईको रहेको वडाअध्यक्ष घलानले जानकारी दिए ।
हेटौँडा उपमहानगरपालिकाको ५० लाख बजेट र लागत सहभागिता सहित जम्मा ६६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँको लागतमा रोड स्ल्याब हुन लागेको घलानले जानकारी दिएका छन् ।
यस अघि नै पदमपोखरीका विभिन्न स्थानहरुमा बाटो स्ल्याब भइसकेको छ ।