प्रधानमन्त्री ओलीको सल्लाहकारमा अच्युत मैनाली र कुन्दन अर्याल नियुक्त 

छहारी संवाददाता
चैत्र १२, २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाहकारमा अच्युत मैनाली र कुन्दन अर्याल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले अच्युत मैनालीलाई जनसम्पर्क सल्लाहकार तथा कुन्दन अर्याललाई प्रेस सल्लाहकारमा नियुक्त गरेको हो । नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषदको सदस्य रहेका मैनालीले नेपाल ल क्याम्पसबाट बीएल र ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजबाट राजनीति शास्त्रमा स्नात्तकोत्तर गर्नुभएको छ । त्यस्तै प्रेस सल्लाहकारमा नियुक्त कुन्दन अर्याल त्रिभुवन विश्वविद्यालय पत्रकारिता केन्द्रीय विभागमा उप–प्राध्यापक हुनुहुन्छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*