एमाले–माओवादी पार्टी एकता घोषणाको अन्तिम तयारीमा

छहारी संवाददाता
चैत्र ११, २०७४

एमाले–माओवादी पार्टी एकता घोषणाको अन्तिम तयारीमा जुटेका छन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले चैत अन्तिम साता कम्युनिष्ट गठबन्धनको एकताको घोषणा गर्ने प्रस्ताव गरेपछि माओवादी र एमाले आन्तरिक तयारीमा जुटेका हुन ।प्रधानमन्त्री ओलीले यहि चैत २३ अघि नै पार्टी एकता गर्नेगरि प्रक्रिया अघिबढाउन आग्रह गरेपछि अहिले दुबै दल अन्तिम कसरतमा जुटेको नेताहरुले बताएका छन् । एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा निर्वाचित भएसंगै भारत भ्रमणमा जाने भएपछि उहाँको भारत भ्रमणअघि नै पार्टी एकता घोषणा गर्ने तयारी भएको हो । एमालेले पार्टी संगठनको सदस्य संख्या, कमिटीको आकार, नेता(कार्यकर्ताको कमिटीलगायत सबै चुस्त(दुरुस्त तथ्यांक तयारी अवस्थामा राखेको एमाले सचिव योगेश भट्टराइले जानकारी दिनुभयो ।तर, माओवादीको अहिलेसम्म पनि सदस्य संख्या र पार्टी कमिटीको संख्यादेखि नेता(कार्यकर्ताको जिम्मेवारी लगायतको काम बाँकी छ । माओवादी प्रवक्ता पम्पा भुषालले केहि दिनमा पार्टी एकताको तयारी पुरा हुने जानकारी दिनुभयो । एमाले–माओवादी एकतापछि निर्माण हुने नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति तीन सय हाराहारीमा बनाउने गरी अन्तरिम विधान बनाउन गठित कार्यदलले प्रस्ताव गर्ने तयारी गरेको छ ।
एमाले र माओवादी केन्द्रबीच एकताका लागि गठित प्रतिवेदन मस्यौदा कार्यदलले मस्यौदा प्रतिवेदन दफाबार छलफलका लागि आज कार्यदल बैठकमा पेस गर्दैछ । एमाले नेता माधवकुमार नेपाल नेतृत्वको उक्त कार्यदलले राजनीतिक विषय समेटिएको प्रतिवेदन दफाबार छलफलपछि अन्तिम रुप दिइ एकता संयोजन समितिमा पेस गर्नेछ 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*