आज चैते दशैं पर्व मनाइँदै,सरकारद्धारा सार्वजनिक विदा

छहारी संवाददाता
चैत्र ११, २०७४

आज चैते दशैं पर्व मनाइँदै छ । शक्ति पीठहरुमा आज बिहानैदेखि घुइँचो लागेको छ ।असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको जितको रुपमा लिइने दशैं हिन्दूधर्मावलम्बीहरुले वर्षमा दुईपटक मनाउने गर्दछन् ।असोजमा मनाइने दशैंलाई बडादशैंको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा चैते दशैंको रुपमा मनाइन्छ । बडा दशैंमा जमरा र टीका लगाउने प्रचलन भए पनि चैते दशैंमा हुँदैन ।वर्षको दुई पटक चैत र असोजमा गरिने दुर्गापूजाको विशेष महत्व रहेको शास्त्रमा उल्लेख छ । चैते दशैंको दिन आइतबार सरकारले सार्वजनिक विदा दिएको छ ।यसैबीच राम नवमी र चैते दशैं आज एकै दिन परेको छ । आइतबार बिहान ७ बजेर ३४ मिनेटसम्म अष्टमी र त्यसपछि नवमी तिथी लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।अष्टमी तिथिमा सूर्योदय भएका दिन चैते दशैं र मध्याह्नमा नवमी परेकाले दुवै पर्व यस वर्ष आइतबार नै परेको समितिका अध्यक्ष प्रा। डा। रामचन्द्र गौतमले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*