पोखराको लेकसाईड ‘नो भेइकल जोन’ घोषणा

छहारी संवाददाता
चैत्र १०, २०७४

पोखराको पर्यटकीय क्षेत्र लेकसाईडलाई सवारी निषेध क्षेत्र 'नो भेइकल जोन’ घोषणा गरिएको छ ।
आन्तरीक र वाह्य पर्यटकका कारण पर्यटकीय क्षेत्र लेकसाईड साँघुरिन थालेपछि सवारी साधन पार्किङ गर्न असहज भएको भन्दै निषेध गरिएको हो ।
पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर ६ को आयोजनामा नो भेइकल जोन घोषणा गरिएको हो ।
प्रदेश ४ का सांसद राजीव पहारी र पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले संयुक्त रुपमा नो भेइकल जोन भएको घोषणा गरेका हुन् ।
शुक्रबार र शनिबार लेकसाइडको हल्लनचोकदेखि बाराहीघाटसम्म करीब १ किलोमिटर क्षेत्रमा हाललाई बेलुकी पाँच बजेपछि सवारी लैजान पाइने छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*