दुहबीनगरपालिकाकी उपमेयर सुनिताले वडाअध्यक्ष र सदस्यलाई पिटेपछि..
सुनसरीको दुहबीनगरपालिकाकी उपमेयर सुनिता दाहाल साहले वडाअध्यक्ष र सदस्यमाथि कुटपिट गरेकी छिन् ।
उपमेयरलाई स्थानीयस्तरका विवाद मिलाउने न्यायिक समितिका संयोजकको समेत जिम्मेवारी हुन्छ । तर, उपमेयर साहले दुहबीनगरपालिका–५ का वडा अध्यक्ष तथा सदस्यलाई आफैँ कुटपिट गरिन् ।
५ नम्बर वडामा रहेको सरस्वती उच्चमाबि खेल मैदानको निर्माण सम्बन्धी अनुगमनको लागि नगरपालिका पुगेका वडा अध्यक्ष रमेश रौनियार र सदस्य कृष्ण तामाङलाई नगरपालिका परिसरमै कुटपिट भएको थियो ।
खेल मैदान निर्माण सकिएकोले अनुगमन गरी बजेट फर्छौट गरिदिने वडाअध्यक्षको माग थियो ।
यहाँबाट दुवै पक्षवीच विवाद भयो । पछि उपमेयर साहले आफनो श्रीमान् सुनील साह बोलाइन् र वडाअध्यक्षलाई कुटिन् ।
वडा सदस्य तामाङले चाडो रकम निकाशाका लागि आग्रह गर्दा उपमेयर साहले कार्यकक्षबाट ‘गेट आउट’भन्दै बाहिर निकालेको बताए । अभद्र व्यवहार गदै श्रीमानलाई बोलाएर कुटपिट गरिएको तामाङको दाबी छ ।
निर्माणसम्बन्धी फाइल उपमेयरले नियन्त्रणमा लिइ काम रोकेको वडा अध्यक्ष रमेश रौनियाले बताए ।
आफूहरू कुरा बुझन नगरपालिका पुगेको वडा अध्यक्ष रौनियारको भनाइ छ ।
कुटपिटपछि आक्रोशित सर्वसाधारणले दुहबीनगरपालिका दिनभर घेराउ गरेका थिए । कुटपिटपछि पीडितपक्ष र मेयरबीच छलफल भए पनि कुनै सहमति हुन सकेन् ।
सुरुमा घटना सामान्य विवाद मात्र भएको मेयर बेद गछदारले बताएका थिए । तर, कुटपिटको भिडियोबाहिर आएपछि उनले गरेको भिडियो नै सार्वजनिक भएपछि जनप्रतिनिधिले हातहाल्नु गल्ती भएको बताएका थिए ।
यस घटनामा उपमेयरको भनाइ आउन बाँकी छ ।