कांग्रेस केन्द्रिय कार्य समितिको बैठक बस्दै, निर्वाचनमा भएको पराजयबारे समीक्षा हुने

छहारी संवाददाता
चैत्र ९, २०७४

नेपाली कांग्रेस केन्द्रिय कार्य समितिको बैठक आज बस्दैछ । निर्वाचनमा भएको पराजयबारे समीक्षा गर्न बैठक बोलाइएको हो ।
आजको बैठकमा पार्टीभित्र रामचन्द्र पौडेलको नेतृत्वमा रहेको सबैभन्दा ठूलो गुटदेखि युवा पुस्ताका नेताको समेत दबाब सभापति शेरबहादुर देउवामाथि पर्ने देखिएको छ ।

पार्टीभित्रका नेताहरुले भर्खरै सम्पन्न निर्वाचनमा कांग्रेसले लज्जास्पद हार बेहोर्नुको कारण देउवालार्इ मानेका छन् ।
पौडेल गुट, पछिल्लो समय एक भएका शेखर, शशांक र सुजाता कोइरालाको समिश्रणको अर्को गुट, कृष्णप्रसाद सिटौला नेतृत्वको गुट र युवा नेतृत्वको गुट मिलेर बैठकमा देउवालार्इ पाखा लगाउने तयारीमा रहेको स्रोतले बताएको छ ।
यी सबै गुटका शीर्ष नेताबीच धेरैपटक छलफल भएको र विशेष महाधिवेशन बोलाएर देउवाको विकल्प तयार पार्ने दाउमा छन् । यो सबै खबर पाएका देउवानिकट नेताहरूले बैठक स्थगित गर्न देउवालार्इ सल्लाह दिएको पनि स्रोतले बतायो ।
निर्वाचनमा पार्टीले बेहोरेको हार र त्यसपछि पार्टी भित्रै आफुलाई लिएर भएको चलखेलले देउवालाई नैतिक दबाब बढेको छ । उनले यी सबको कसरी सामना गर्ने हुन् हेर्न बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*