कांग्रेस नेता खुमबहादुर खड्काको स्वास्थ्य अवस्था गम्भिर, एपोलो अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार हुँदै

छहारी संवाददाता
चैत्र ९, २०७४

पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको स्वास्थ्य अवस्था गम्भिर बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
खड्काको उपचार भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा भइरहेको हो । आर्इसियूमा राखेर उपचार गर्दा पनि सुधार नआएपछि उनलार्इ भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको हो ।
खड्का मिर्गौला, छाती र नसाको समस्याबाट पीडित छन् ।
काठमाडौंको नर्भिक इन्टरनेशनल अस्पतालले रिफर गरेपछि एपोलो पुर्याइएका खड्काको स्वास्थ्यमा लामो समयदेखिको उपचारबाट पनि सुधार आउन सकेको छैन ।
खड्काको स्वास्थ्य जटिल बनेको जानकारी पाएलगत्तै गृहजिल्ला दाङमा शुभेच्छुक कार्यकर्ताहरूले मन्दिरमा पूजाआजा गरेका छन् ।
काठमाडौंको नर्भिक इन्टरनेशनल अस्पतालले रिफर गरेपछि एपोलो पुर्याइएका खड्काको स्वास्थ्यमा लामो समयदेखिको उपचारबाट पनि सुधार आउन सकेको छैन ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*