खेलकुदको विकासका लागि सबै जिम्मेवार हुनु पर्छः खेलकुद मन्त्री सुनार
युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनारले नागरिकको स्वास्थ्य र मानसिक विकासका लागि खेलकुद क्षेत्रको निकै महत्व रहेको बताएका छन् ।
राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री सुनारले सिंगो राष्ट्र र नागरिक स्वस्थताको लागि खेलकुद क्षेत्रलाई स्वस्थ र मर्यादित बनाउनु पर्नेमा जोड दिए ।
मन्त्री सुनारलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा टेण्डी शेर्पा, सदस्य सचिव केशव कुमार बिष्ट, कोषाध्यक्ष शैलेस कर्माचार्य, राष्ट्रिय खेलकुद परिषदका सदस्यहरु, कर्मचारी, राष्ट्रिय संघका पदाधिकारी लगायतले स्वागत तथा सम्मान व्यक्त गरेका थिए ।
कार्यक्रममा बेल्दै मन्त्री सुनारले विगतका नकारात्मक कुराहरुबाट पाठ सिकेर सकारात्मक कुरालाई संस्थागत गरी खेलकुद क्षेत्रको विकासमा अगाडी बढ्नु पर्ने धारणा राखे । उनले युवा तथा खेलकुद मन्त्रालय खेलाडी तथा खेल क्षेत्रमा नयाँ उत्साह ल्याउने खालका कार्यहरु गर्न अघि बढि सकेको बताए ।
राष्ट्र निर्माणको महान अभियानमा खेलकुद क्षेत्र पनि लाग्नु पर्ने भन्दै राष्ट्रको गरिमा र गौरव रहेको ते¥हौं सागको जिम्मेवारी सवैले समयमानै सम्पन्न गर्ने तर्फ जिम्मेवार भएर अघि बढ्न निर्देशन समेत दिएका छन् ।
उनले खेलकुद विकासका लागि भौतिक पूर्वाधारलाई अगाडी बढाउनु पर्ने भन्दै खेलकुद विकासका लागि कुनै किसिमको कसर बाँकी नराख्ने बताए ।