एन्फाको निर्वाचन तत्काललाई रोक्न उच्च अदालतको अन्तरिम आदेश, फिफाबाट एन्फा निलम्बनमा पर्ने खतरा
अखिल नेपाल फुटबल संघ ९एन्फा०को निर्वाचन अर्को आदेश नभएसम्मका लागि स्थगित भएको छ ।
भक्तपुर र मकवानपुर जिल्ला संघको विवाद चलिरहँदा पाटन उच्च अदालतले बिहीबार अन्तरिम आदेश जारी गर्दै अर्को आदेश नभएसम्मका लागि निर्वाचन नगर्न निर्देशन दिएको हो ।
भक्तपुर र मकवानपुरले चैत १४ गते हुँदै गरेको एन्फाको निर्वाचनमा ‘भोटिङ राइट पाउनुपर्छ’ भनेपछि उच्च अदालतका न्यायाधीश राजकुमार वनको एकल इजलासले यस्तो अन्तरिम आदेश दिएको हो ।
सो सम्बन्धमा भक्तपुर जिल्ला अदालतमा पेसी जारी रहँदा पाटन उच्च अदातलमा पनि रिट निवेदन परेको थियो । मकवानपुरमा निर्वाचन भइसके पनि मान्यता नदिएको बताइएको छ ।
यस सम्बन्धमा आफूले आधिकारिक जानकारी पाइनसकेको भन्दै एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले थप जानकारी लिने प्रयासमा रहेको बताए ।
यता, एन्फाको निर्वाचन पर धकेलिने हो भने फुटबलको सर्वोच्च निकाय फिफाबाट एन्फा निलम्बनमा पर्ने खतरासमेत औंल्याइएको छ ।
एन्फा निर्वाचनमा नेतृत्वका लागि कर्माछिरिङ शेर्पा र मणि कुँवर पक्षबीच भिडन्त हुँदै थियो । इमेजखबर अनलाइन