विकासमा प्रतिस्पर्धा गर्न सातै प्रदेशका मुख्यमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले सातवटै प्रदेशका मुख्यमन्त्रीलार्इ एकैठाउँमा भेला गरी मुलुकको समग्र विकासका लागि विशेष निर्देशन दिएका छन् । त्यसक्रममा उनले नेपालको आन्तरिक मामिलामा कसैलाई पनि हस्तक्षेप गर्न नदिने बताए ।
सातै प्रदेशका मुख्यमन्त्रीलाई सिंहदरवार बोलाएर विकासमा प्रतिस्पर्धा गर्न निर्देशन दिनेक्रममा उनले सबै छिमेकी मुलुकसँग समान र सौहार्दपूर्ण सम्बन्ध कायम राखिने बताए ।
मुख्यमन्त्रीहरुले साधन, श्रोत र कर्मचारीको अभावमा कार्य सम्पादन गर्न नसकेको गुनासो गरेपछि प्रधानमन्त्रीले छलफलका लागि काठमाडौं बोलाएका हुन् ।
‘स्थानीय, प्रदेश र केन्द्रीय सरकार कसैलाई पनि असफल हुने सुविधा छैन । विभिन्न चरणमा क्रान्ति गरियो,अब समृद्धिको बाटोमा अघि बढ्नुको विकल्प छैन,’ उनले भने ।