आईएसको आक्रमणमा परि सिरियामा ३६ सैनिक मारिए

छहारी संवाददाता
चैत्र ७, २०७४

सिरियाको राजधानी दमाश्कसमा आतंकवादी संगठन आईएसको आक्रमणमा परि ३६ सैनिकको मृत्यु भएको छ । दमाश्कसको दक्षिणी क्षेत्र कब्जामा लिएर आईएसले सैनिकहरुको हत्या गरेको अन्तराष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् ।
हमलामा एक दर्जन भन्दा बढी सैनिक घाइते भएका छन्।

यसैबीच इराकको मोसुलमा आइएसआइएस विद्रोहीले ३९ जना भारतीयको हत्या गरेको पुष्टि भएको छ ।

सन २०१४ मा अपहरणमा परेका ४० जना मध्ये ३९ जनाको आतंकवादी समूहले हत्या गरेको पुष्टि भएको हो । एक जनाले भने सोही समयमा भागेर ज्यान बचाएका थिए ।
भारतीय अधिकारीहरुले तिब्र खोजि गरेपछि हत्या गरेर सामूहीक रुपमा गाडेको अवस्थामा उनीहरुको शव बरामद भएको विदेश राज्यमन्त्री वीके सिंहले जानकारी दिए ।

भारतीयको अवस्था पत्ता लगाउन विदेशमन्त्री स्वयं इराक गएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*