कोरियाली नेता किमद्धारा नवनिर्वाचित रुसि राष्ट्रपती पुटिनलाई बधाई
उत्तर कोरियाली नेता किम जोङ अनले रूसमा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा नेता भ्लादिमिर पुटिन पुनः राष्ट्रपतिमा निर्वाचित भएकोमा मङ्गलबार बधाई ज्ञापन गर्नुभएको छ ।
नेता अनको सन्देशमा भनिएको छ, रसियाली निर्वाचनबाट पुनः राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा हार्दिक वधाई छ ।
यहाँको नयाँ कार्यकालमा रसियालाई थप शक्तिशाली राष्ट्र बनाउन सफलता मिलोस ।
विश्वका कतिपय मुलुकका नेता तथा राष्ट्रप्रमुखहरूले पुटिनको विजयपछि पनि वधाई ज्ञापन गर्न ढिलाई गरिरहेका समय अनले उक्त सन्देश पठाउनुभएको हो ।
पुटिनको रूसको राष्ट्रपतिका रूपमा पुन निर्वाचनले रसियाली जनताले उहाँप्रति देखाएको ‘सहयोग र विश्वास’लाई पुष्टि गरेको बताउनुभएको छ ।
पुटिनको नयाँ कार्यकालमा उत्तर कोरिया र रूसबीच लामो मैत्रीपूर्ण इतिहास रहँदै आएको यसले आगामी दिनमा पनि निरन्तरता पाउने विश्वास गर्नुभएको नेता किमको सन्देशलाई उद्धृत गर्दै उत्तर कोरियाली समाचार संस्था (केसीएनए)ले जनाएको छ ।
आणविक कार्यक्रमप्रतिको मोहका कारण उत्तर कोरियामाथि विश्व समुदायबाट व्यापक प्रतिबन्धको सामना गर्दै आएको छ । रासस