प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्री र सचिवलाई बोलाउनुको कारण यस्तो छ !
प्रदेश सरकार सञ्चालनमा अन्योलता देखिएपछि त्यसबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्री र सचिवलाई वोलाएका छन् ।
प्रधानमन्त्री ओलीले सबै प्रदेशका मुख्यमन्त्री र सचिवलाई भोली हुने बैठकमा सहभागि हुन राजधानी बोलाएका हुन् ।
सबै प्रदेशमा केन्द्र मातहतका संरचना रहेकाले त्यसलाई प्रदेश सरकारले आफू अनुकूल सञ्चालन गर्ने कानुनी आधार रहेको छैन । त्यस्तै सवै कर्मचारीहरू पनि केन्द्रबाट प्रदेशमा अझै पुगिसकेका छैनन ।
काममा व्यापक अन्योल भएपछि प्रधानमन्त्रीले सचिव तथा प्रदेशप्रमुखसंग छलफल गर्न लागेका हुन् ।
प्रदेश सरकारले काम गर्न नसकेको गुनासो सबैतिरबाट आएपछि मुख्यमन्त्रीहरूको बैठक बोलाइएको हो ।
बैठकमा कुन निकाय कसरी प्रदेश र केन्द्र मातहतमा राख्ने, तत्काल सञ्चालन गर्ने कानुनहरू कसरी व्यवस्थापन गर्ने लगायत विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।