वीरगञ्जलाई पूर्णरुमा सुरक्षित राख्न २५० थान सिसिक्यामरा जडान गर्ने सेफर वीरगञ्ज परियोजनाको लक्ष
सेफर वीरगञ्ज परियोजनाको काम कार्यवाही तथा प्रगतिका साथै थप आवश्यक सिसिक्यामरा जडान गर्ने विषयमा छलफल गरिएको छ । वीरगञ्जमा भई रहेको आपराधिक क्रियाकलापलाई न्यूनिकरण गर्ने उदेश्यले २०६७ साल देखि नै सेफर वीरगञ्ज परियोजनाले गतिविधी संचालन गर्दै आएको छ ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घको पहल तथा जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा वीरगञ्जलाई एउटा निश्चित सुरक्षा घेरामा राख्ने उद्देश्यले वि।स। २०६७ सालमा वीरगञ्ज परियोजनाको स्थापना गरिएको हो ।
विगतमा वीरगञ्जको विभिन्न स्थानमा गरी ७१ थान सिसिक्यामरा जडान गरिएकोमा मधेश आन्दोलनको समयमा सबै क्यामरा समाप्त भएको र भने अहिले फेरी सबैको सहयोगमा ४४ थान सिसिक्यामरा जडान गरि सकेको सेफर वीरगञ्जका संयोजक गणेश प्रसाद लाठले जानकारी दिए ।
वीरगञ्ज महानगरपालिका क्षेत्रलाई पूर्णरुमा सुरक्षित राख्न २५० थान सिसिक्यामरा लगाउने लक्ष रहेको र १५० थान सिसिक्यामरा वीरगञ्ज महानगरपालिकाले सहयोग उपलब्ध गराउने सङ्घका अध्यक्ष ओमप्रकाश शर्माले बताए ।
कार्यक्रममा सेफर वीरगञ्जका संयोजक गणेश प्रसादलाठले सेफर वीरगञ्जको अहिले सम्मको क्रियाकलापलाई दर्शाउने पावर पाईन्ट प्रस्तुत गरेका थिए
कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संङ्घका अध्यक्ष ओमप्रकाश शर्मा, वीरगञ्ज महानगरपालिका मेयर विजयकुमार सरावगी, पर्साका प्रहरी उपरिक्षक डा। गणेश रेग्मी, सशस्त्र प्रहरी उपरीक्षक शान्ति कुमार कार्कि र सफेर वीरगञ्जका सांयोजक गणेश प्रसाद लाठको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक शान्ति कार्की, संङ्घका निवर्तमान अध्यक्ष प्रदीप केडिया, उपाध्यक्ष सुबोध गुप्ता, सङ्घका पदाधिकारी, कार्यसमिति सदस्य, ग्रिन सिटीका आदर्शनगरका अध्यक्ष प्रकाश खेतान लगायत वीरगञ्ज स्थित विभिन्न बाणिज्य बैंकका शाखा प्रबन्धक, पत्रकारहरुको वृहद उपस्थिती रहेको थियो ।