‘म बाँच्ने उमेरहरु सारा हजुरलाई’ः गायिका कमला श्रेष्ठको निधन
नारायणगोपाल र गोपाल योञ्जनका गीत गाएकी श्रेष्ठले २०२४ सालमा यादव खरेलको गीत गाएर रेडियो नेपालमा प्रथम भएकी थिइन्। उनले त्यतिबेला स्वर्ण पदक जितेकी थिइन् ।
विसं २०२५ सालमा भैरवबहादुर थापाले कमला श्रेष्ठलाई नाचघरमा जागिर लगाइदिएका थिए । विसं २०२६ सालमा तारारत्न स्थापितसँत वैवाहिक जीवनमा बाँधिएकी कमलाका तीन छोरा उदय, विनय र बबिन रहेका छन् ।
नारायण गोपालको संगीतमा मुनामदनको ‘ईश्वर तैँले रचेर कसरी बिगारीस्’ मा सह–गायनमा साथ दिने कमलाले गोपाल योञ्जनको संगीतमा ‘म बाँच्ने उमेरहरु सारा हजुरलाई’, ‘कति टाढा खोलाको किनार’ पनि गाएकी छन् ।
प्रेमदेव गिरीको संकलन ‘सरर मलेवा’ उन अर्को प्रसिद्ध गीत हो । ‘तारेभीरमा बाबियो लसरी, लाको माया छुट्ने कसरी’, ‘सल्लै हो जोवन कल्लैलाई हो’, जस्ता उनका गीत निकै चर्चित रहेका छन् ।