सन् १९९९ देखि रुसको सत्ता केन्द्रमा रहँदै आएका पुटिनको पुनःराष्ट्रपतिमा निरन्तरता
सन् १९९९ देखि राष्ट्रपति वा प्रधानमन्त्रीका रुपमा सत्ताको केन्द्रमा रहँदै आएका भ्लादिमिर पुटिन पुनः रुसको राष्ट्रपतिमा निर्वाचित भएका छन् ।
हिजो भएको निर्वाचनमा पुटिन भारी मत ल्याउँदै आगामि ६ वर्षे कार्यकालका लागि निर्वाचित भएका हुन् ।
पुटिनले ७६ प्रतिशत मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी कम्युनिष्ट पार्टी अफ द रसियन फेडेरेसनका उम्मेदवार व्यापारी पाभेल गुर्डीनिनले १२ प्रतिशतमात्र मत प्राप्त गरेको त्यहाँको निर्वाचन आयोगलाई उदृत गदै अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
राष्ट्रपतिका लागि ८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । पुटिन भने स्वतन्त्र उम्मेदवारका रुपमा चुनावी मैदानमा उत्रिएका थिए । मुख्य विपक्षी नेता अलेक्सी नाभाल्नीलाई चुनावमा भाग लिनबाट रोक लगाइएको थियो ।
उनी सन् २००० मा भएको निर्वाचनमा पहिलो पटक राष्ट्रपतिमा निर्वाचित भएका थिए । सन् २०१२ मा भएको राष्ट्रपति निर्वाचनमा पनि पुटिनले ६४ प्रतिशत मत प्राप्त गरेका थिए ।