रामेछापमा एउटी आमाले रिसको आवेगमा घर जलाउदा आफ्नै २ सन्तानको ज्यान गयो
आफ्नै आमाले रिसले घरमा आगो लगाउदा रामेछापमा २ बालबालिको ज्यान गएको छ । खाँडादेवी गाउँपालिका ६ पन्नेचौर निवासी तारा केसीले आइतबार राती घरमा आगो लगाउँदा सुतिरहेका ४ वर्षका छोरा बिपिन र ३ वर्षकी छोरी रमीताको जलेर ज्यान गएको हो ।
सौता सौताबीचको झगडाले उग्र रुप लिएपछि मानवीय र धनजनको क्षति भएको प्रहरीले जनाएको छ । केही समयअघि केसीका श्रीमान दिलबहादुर खत्रीले कान्छी श्रीमती ल्याएका थिए ।
कान्छी श्रीमती ल्याएपछि श्रीमानले हेलाँ गरेको भन्दै विवाद बढ्दा दुखद घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
घरायसी विवादले उग्र रुप लिंदा दुई बालबालिकाको अनाहकमै ज्यान गयो ।
प्रहरीले घटनामा संलग्न तारा केसी र उनका श्रीमान दिलबहादुर केसीलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।