नागरिकता बनाइदिने प्रलोभन दिएर बाँकेमा एक महिलालाई बलात्कारको प्रयास

छहारी संवाददाता
चैत्र ४, २०७४

बाँकेमा एक महिलालाई बलात्कारको  प्रयास भएको छ । नागरिकता बनाइदिने प्रलोभन दिएर तीनजनाले बलात्कारको प्रयास गरेको पिडितले बताएकी छन् ।
नागरिता बनाउन जिल्ला प्रशासन कार्यालय, बाँके पुगेकी ती महिलालार्इ जिल्ला प्रशासन कार्यालयकै एक कर्मचारीले गुमराहमा पारेका थिए ।
जिल्ला प्रशासन कार्यालयका ती कार्यालय सहयोगीले महिलाप्रति ‘स्नेह’ देखाएझै गरी आफूसँग एकजना माथिसम्म पहुँच भएको साथी भएको र उसले नागरिकता बनाइदिने प्रलोभनमा पारेका थिए ।
त्यसपछि ती अर्का व्यक्तिले फूल्टेक्रामा भेट्न बोलाएर बलात्कारको प्रयास गरेका थिए । महिला भागेर जिल्ला प्रशासन कार्यालयमा पुगेपछि घटना बाहिर आएको हो ।
प्रमुख जिल्ला अधिकारी रमेश केसीले तत्कालै आरोपीलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएपछि दुर्इजना पक्राउ परेका छन् । एकजनाको पहिचान खुल्न सकेको छैन ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*