राष्ट्रियसभाको उपाध्यक्षका आज निर्वाचन हुँदै, ९माओवादी केन्द्र० का शशिकला दाहाल र  कांग्रेसका वृन्दादेवी आले प्रतिशपर्धामा 

छहारी संवाददाता
चैत्र ४, २०७४

राष्ट्रियसभाको उपाध्यक्षका आज निर्वाचन हुँदैछ । वाम गठबन्धन र कांग्रेस दुवैले उम्मेदवारी दिएपछि आज चुनाव हुन लागेको हो ।संघीय संसद् सचिवालयका अनुसार उपाध्यक्ष पदमा नेकपा ९माओवादी केन्द्र० का शशिकला दाहाल र नेपाली कांग्रेसका वृन्दादेवी आले ९राना० को उम्मेदवारी परेको छ ।निर्वाचनमा अध्यक्षबाहेक ५८ जनाले मतदानमा भाग लिने छन् । उपाध्यक्षका उम्मेदवार दाहाल महोत्तरीकी हुन् भने आले कास्कीकी हुन् ।संघीय संसद्को माथिल्लो सदनका रुपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभालाई प्रबुद्ध समूहको थलोका रुपमा हेर्ने गरिन्छ । राष्ट्रियसभामा वाम गठबन्धन आबद्ध दल एमाले–माओवादीको स्पष्ट बहुमत भएकाले दाहाल विजय हुने निश्चितजस्तै छ ।राष्ट्रियसभाको अध्यक्षमा नेकपा ९एमाले०का उम्मेदवार गणेशप्रसाद तिमिल्सिना यसअघि नै निर्वाचित भइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*