उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध निर्वाचित भएको घोषणा आज हुँदै

छहारी संवाददाता
चैत्र ४, २०७४

उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध निर्वाचित भएको घोषणा आज हुँदैछ । उपराष्ट्रपतिका लागि हिजो उहाँको मात्रै उम्मेदवारी परेपछि उहाँ दोस्रो कार्यकालका लागि निर्विरोध उपराष्ट्रपति बन्ने निश्चित भएको हो ।चुनावी प्रक्रिया पूरा गरी उहाँलाई निर्वाचित भएको घोषणा गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ । उपराष्ट्रपति पुनले पहिलो कार्यकालमा आफूले कुनै विवादास्पद काम नगरेको भन्दै दास्रो कार्यकालमा पनि विवादमा आउने काम नगर्ने प्रतिवद्धता जनाउनुभयो । पुनलाई नेकपा एमाले र नेकपा माओवादीका नेताहरुले प्रस्ताव र समर्थन गरेका छन् । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*