सि जिङपिङ चीनको राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित
चीनको संसदका रुपमा रहेको राष्ट्रिय जनकंग्रेसको जारी बैठकले उनलार्इ दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित गरेको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् ।
केन्द्रिय सैन्य आयोगको अध्यक्षमा समेत निर्वाचित भएका सि हाल ६४ बर्षको छन् ।
उहाँले निर्वाचित भएलगत्तै संविधानअनुसार ग्रेट हल अफ द पिपुल्समा सपथ ग्रहण पनि गरिसकेका छन् । चिनियाँ राष्ट्रपतिले यस्तो तरिकाले सपथ लिएको यो पहिलो पटक हो ।
गत अक्टोबरमा उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवमा निर्वाचित भएका थिए ।
गत सन् २००७ मा चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटिकल व्युरोको स्थायी समिति सदस्यका रुपमा केन्द्रिय नेतृत्वमा जोडिएका सि छोटो समयमै अहिले सर्वाधिक शक्तिशाली नेता बन्न सफल भएका छन् ।
यसअघि गत हप्ता चिनियाँ संसद्ले राष्ट्रपतिको कार्यकालसम्बन्धी सीमा संविधानबाट हटाउने निर्णय गरेको थियो ।