भरतपुर क्यान्सर अस्पतालका कानुन अधिकृत गोकर्ण सापकोटामाथि पेट्रोल छर्केर आगो लगाउने प्रयास
भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कानुन अधिकृत गोकर्ण सापकोटामाथि पेट्रोल छर्केर आगो लगाउने प्रयास भएको छ ।
शनिबार बिहान नौ बजे अस्पताल नजिकैको माछापुुच्छ्रे चोकमा कपाल काटेर पैदलै घर जाने क्रममा आफूमाथि पेट्रोल छर्कने प्रयास भएको तर आफू दौडेर भाग्न सफल भएको भन्दै अधिकृत सापकोटा तत्कालै जिल्ला प्रहरी कार्यालय चितवन पुगेका थिए ।
२ वटा मोटरसाइकलमा आएका युवाले उक्त कार्य गरेको चितवन प्रहरी प्रवत्ता डिएसपी प्रभुप्रसाद ढकालले जानकारी दिए । घटनामा संलग्नहरु कोही पनि फेला नपरेको तर उनीहरुले प्रयोग गरेको एउटा मोटरसाइकलको अल्फावेट नखुले पनि नम्बर ८३९४ रहेको प्रवत्ता ढकालले बताए ।
क्यान्सर अस्पतालको पछिल्लो गतिविधि कर्मचारी बढुवा, एटेण्डेण्ड नियुक्ति, नयाँ उपकरण खरिदमा घोटला जस्ता विषय समेटिएको कागज विप्लव निकट माओवादीले घटनास्थलमै छाडेका छन् ।
नयाँ पत्रिका अनलाइन