४५ दिनभित्र तलब सुविधा बढाउने सहमती पछि ट्यांकर चालक इन्धन भर्न हिडे भारत

छहारी संवाददाता
चैत्र ३, २०७४

लकिङ प्रणालीको विरोध गर्दै आएका ट्यांकर चालक र नेपाल आयल निगमबीच सहमती भएपछि इन्धन आयात सुरु हुने भएको छ ।
शुक्रबार भएको वार्तामा ४५ दिनभित्र तलब सुविधा बढाउन निगम सहमत भएपछि चालकले तीन दिनदेखिको हड्ताल फिर्ता लिएर इन्धन लिन भारत गएको निगमले जनाएको छ ।
निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार उनीहरुको तलब बढाउने भन्ने विषयमा अध्ययन गर्न मेची पेट्रोलियम डिलर्स एसोसिएसनका वरिष्ठ उपाध्यक्ष नवीन कोइरालाको संयोजकत्वमा एउटा समिति गठन गरिएको छ ।
सरकारले ट्याङकरमा हुने इन्धन चोरी र मिसावट नियन्त्रण गर्न गएको बुधबारदेखि ट्याङकरमा लकिङ प्रणाली सुरु गरेको हो । यसको विरोधमा चालकले तीन दिन इन्धन आयातमा अवरोध गरेका थिए ।
झापाको चारआलीबाट सुरु भएको यो प्रणाली तीन महिना भित्र सबै ठाउँमा गरिसक्ने निगमको तयारी छ । उज्यालो अनलाइन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*