फागुन २८ गते ४९ जनाको ज्यान जाने गरी भएको विमान दुर्घटनाप्रति शोक प्रस्ताव पारित

छहारी संवाददाता
चैत्र ३, २०७४

संघिय संसदले फागुन २८ गते भएको विमान दुर्घटनाप्रति शोक प्रस्ताव पारित गरेको छ । आज बसेको प्रतिनिधिसभाको बैठकले त्रिभुवन विमानस्थलमा भएको युएस बंगला एअरलाइन्सको बिमान दुर्घटनाप्रति गहिरो दुख ब्यक्त गर्दै शोक प्रस्ताब पारीत गरेको हो ।
सभामुख कृष्णबहादुर महराले सो प्रस्ताब सर्बसम्मत पारित भएको घोषणा गर्नुभएको थियो । बैठकमा दुर्घटनामा ज्यान गुमाउनेहरुको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो ।

बैठकमा बिशेष समय मागेर प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका तर्फबाट दुर्घटना बारे सदनलाई जानकारी गराउनुभएको थियो ।
उहाँले दुर्घटनामा ज्यान गुमाएका ४९ जनामध्ये २२ जना नेपाली, २६ जना बंगलादेशी र १ जना चिनियाँ नागरिक रहेको बताउनुभयो । घाइतेमध्ये १७ जना काठमाडौंको विभिन्न अस्पतालमा उपचार गराइरहेका र ३ जना डिस्चार्ज भएर घर फर्किएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले यस्ता अप्रिय घटना हुन नदिन सरकारले छानबीन समिती गठन गरेको र उद्धार र उपचारका लागि सरकारले सबै ब्यबस्था गरेको समेत जानकारी गराउनुभयो ।
विमानमा चालक दलका ४ जनासहित ७१ जना रहेकोमा ३३ जना नेपाली, चालक दलका सदस्यसहित ३६ जना बंगदलादेशी, १ जना चिनियाँ र १ जना माल्दिभ्सका नागरिक थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*