गुण्डा नाइके गणेश लामा निर्दोषः कांग्रेस काभ्रेपलाञ्चोक

छहारी संवाददाता
चैत्र ३, २०७४

पेस्तोल र गोलीसहित समातियका गुण्डा नाइके गणेश लामालाई रिहा गराउन कांग्रेस लागि परेको छ ।  
कांग्रेस काभ्रेपलाञ्चोकले  शुक्रबार पत्रकार सम्मेलन गरी गुण्डानाइके लामालाई विनाशर्त रिहाइ गर्न माग गरेको हो । पत्रकार सम्मेलनमा कांग्रेस काभ्रेका सभापति मधु आचार्यले लामालार्इ रिहा गर्न सरकारसँग माग गरे ।
पत्रकार सम्मेलनमा उनले भने,– ‘ हाम्रा निर्दोष नेतामाथि झुठो आरोप लगाई प्रहरीले पक्राउ गरेको छ । यो दुःखद् भएको छ । उहाँलाई स–सम्मान रिहाइ गर्न सरकारसँग माग गर्दछु ।’
आचार्यले लामामाथि गोली प्रहार गरी फरार रहेका दोषीलाई कारबाही गर्न तथा उनीमाथिको अभियोग खारेज गर्न  समेत माग गरेका छन् ।
गुण्डा नाइके लामालार्इ प्रहरीले दुर्इ दिनअघि गौशालाबाट एक थान पेस्तोल र त्यसमा लाग्ने ६ राउन्ड गोलीसहित पक्राउ गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*