तेस्रो पटक मन्त्री परिषद विस्तार, एमाले र माओवादी केन्द्रबाट ११ मन्त्री र ४ राज्य मन्त्री थप (सूची हेर्नुस्)

छहारी संवाददाता
चैत्र ३, २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो पटक मन्त्री परिषद विस्तार गरेका छन् । नेकपा एमाले र माओवादी केन्द्रको तर्फबाट ११ मन्त्री र ४ राज्य मन्त्री थप गरिएको हो ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलार्इ पद तथा गोपनियताको सपथग्रहण गराइन् । प्रधानमन्त्री ओलीले नवनियुक्त मन्त्रीहरूलार्इ यसप्रकार जिम्मेवारी दिएका छन् ।

प्रदिप ज्ञवाली – परराष्ट्रमन्त्री
रविन्द्र अधिकारी – संस्कृति, पर्यटन तथा नागरिक उड्ययन
गोकर्ण विष्ट – श्रम तथा रोजगार
रघुवीर महासेठ – भौतिक पुर्वाधार तथा यातायात
जगत विश्वकर्मा – युवा तथा खेलकुद
शेरबहादुर तामाङ – कानुन, न्याय तथा संसदीय व्यवस्था

एमालेबाट राज्य मन्त्री हुनेहरु
गोकुल बास्कोटा –सन्चार तथा तथा सूचना प्रविधि
पद्मा अर्याल – स्वास्थ्य तथा जनसंख्या
धनबहादुर बुढा – संस्कृति, पर्यटन तथा नागरिक उड्ययन

माओवादीबाट मन्त्रीहुनेहरु
वर्षमान पुन – उर्जा, जलश्रोत तथा सिंचाई
शक्तिवहादुर बस्नेत – बन तथा वातावरण
गिरिराजमणि पोखरेल – शिक्षा र विज्ञान तथा प्रविधि
चक्रपाणी खनाल – कृषि तथा सहकारी
बिना मगर – खानेपानी

माओवादीबाट राज्य मन्त्री हुने
रामकुमारी चौधरी ९ कृषि तथा सहकारी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*