मन्त्रालय थप हुँदै, आजै मन्त्रीपरिषद विस्तार गर्ने प्रधानमन्त्रीको तयारी

छहारी संवाददाता
चैत्र २, २०७४

मन्त्रालयहरुको संख्या थप हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो विषयमा प्रारम्भिक छलफल गरेको महिला, बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापाले जानकारी दिइन् ।
विगतमा रहेका ३१ मन्त्रालय घटाई वर्तमान सरकारले कार्यसम्पादन नियमावली संशोधन गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १८ मन्त्रालय कायम गरेकामा सरकारमा संघीय समाजवादी फोरम नेपालको सहभागिता हुने भएकाले केही मन्त्रालय थप्ने गृहकार्य भएको हो । संविधानअनुसार संघीय सरकारका २५ सदस्यसम्म मन्त्री रहन सक्नेछन् ।
आपूर्ती मन्त्री मात्रिका यादवले मन्त्रालयको केही संख्या थपिएको र त्यसैअनुसार मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेको बताए । उनले संघीय समाजवादी फोरम पनि सरकारमा सामेल हुने भएकाले मन्त्रालयको संख्य थप भएको बताए ।
यता जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले प्रधानमन्त्रीले आवश्यकतालाई महशुस गरेर मन्त्रालयको संख्या थपघट गर्न सक्ने बताए । उनले अपराह्न ४ बजे मन्त्रिपरिषद् विस्तार हुने पनि बताए । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद विस्तारलाई आज नै पूर्णता दिने गरी गृहकार्य थालेको बुझिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*